मंगलबार, भदौ ९, २०८३

विश्वका ठूला अनलाइनहरुको वेबसाइट डाउन

विश्वका ठूलठूला सञ्चारमाध्यमका वेबसाइटहरु डाउन भएका छन्। साथै विभिन्न व्यापारिक साइटहरु पनि डाउन भएको जनाइएको छ।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

एजेन्सी- विश्वका ठूलठूला सञ्चारमाध्यमका वेबसाइटहरु डाउन भएका छन्। साथै विभिन्न व्यापारिक साइटहरु पनि डाउन भएको जनाइएको छ।

वेबसाइटहरुको क्लाउड कम्प्युटिङ गर्ने ‘फास्ट्ली’ मा आएको समस्याका कारण वेबसाइटहरु डाउन भएको अनुमान गरिएको छ। फास्ट्लीले यही आशंकामा वेबसाइटको केन्टेन्ट डेलीभरी नेटवर्कहरुको जाँच भइरहेको जनाएको छ।

ती ठूला अधिकांश साइटहरुमा ‘इरर ५०३ सर्भिस अनअभाएलेबल’ भन्ने सन्देश देख्न सकिन्छ। केही साइटहरुमा ‘नटफाउण्ड’ भन्ने सन्देश छन्।

न्यु योर्क टाइम्सले नट फाउण्ड भन्ने सन्देश देखाउँछ। सीएनएन तथा फ्रान्सको ले मोन्डेमा पनि इरर सन्देशहरु देखिएका छन्।

बीबीसीका अनुसार उसका अन्य आउटलेटहरुमा समस्या भएको छ। त्यस्तै अलजजीराका अनुसार उसका केही सब-होस्टिङमा समस्या देखिएको छ भने मुख्य पृष्ठ भर्खरै खुलेको छ। ठूलो व्यापारिक वेबसाइट अमेजन डटकम कुनै ठाउँमा खुल्ने र कुनै ठाउँमा नखुल्ने समस्या देखिएको छ।

उसले आफ्नो साइटको समस्याबारे केही बताएको छैन। बेलायतकाे गार्डियन अखबारले आफ्नो साइटमा पनि समस्या देखिएको बताएको छ।

प्रकाशित: Jun 08, 2021| 10:53 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।