मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भेरीमा पौडी खेल्नेक्रममा एक बालिकाको मृत्यु, एक बेपत्ता

भेरीमा पौडी खेल्नेक्रममा एक बालिकाको मृत्यु, एक बेपत्ता

जाजरकोटमा पौडी खेल्न गएकी एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१२ दुरनेटाका ११ वर्षीया गीता डाँगी छन्।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

सुर्खेत- जाजरकोटमा पौडी खेल्न गएकी एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१२ दुरनेटाका ११ वर्षीया गीता डाँगी छन्। भेरी नदीमा पौडी खेल्नेक्रममा उनको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ।

उनीसँगै पौडी खेल्न गएकी १६ वर्षीया दीपा डाँगी बेपत्ता छिन्। जाजरकोटका डीएसपी मधुकुमार थापाका अनुसार बेपत्ताको स्थानीय र जाजरकोट प्रहरीले खोजी गरिरहेको छ। उनीहरुसँगै पौडी खेल्न गएका रामबहादुर डाँगी भने घाइते भएका छन्।

गर्मी बढेपछि बिहान ११ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१ रावतगाउँ नजिकै पौडी खेल्न गएका थिए।

प्रकाशित: Jun 08, 2021| 10:35 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।