मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माओवादी र कांग्रेस प्रवेश गर्ने नेपाल समूहकाे यात्रामा कसैले अवरोध नगरोस् : गोकुल बाँस्कोटा

माओवादी र कांग्रेस प्रवेश गर्ने नेपाल समूहकाे यात्रामा कसैले अवरोध नगरोस् : गोकुल बाँस्कोटा

नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले नेपाल समूहलाई लक्षित गर्दै माओवादी केन्द्र र कांग्रेस प्रवेश गर्ने यात्रामा कसैले अवरोध नगरोस् भनेर टिप्पणी गरेका छन्।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले नेपाल समूहलाई लक्षित गर्दै 'माओवादी केन्द्र र कांग्रेस प्रवेश गर्ने यात्रामा कसैले अवरोध नगरोस्' भनी व्यंग्यात्मक टिप्पणी गरेका छन्। फेसबुकमा स्टाटस लेख्दै पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन्। 

‘विधि, पद्धति, अनुशासन, संघीयता, पार्टी एकता, समाजवाद, लोकतन्त्र के–के हो के–के जोगाउने एमालेको खरानी समूहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई’, उनले लेखेका छन्।

सुदूरपश्चिम प्रदेशमा माधव झलनाथ समूहले माओवादी केन्द्रको सरकार जोगाइदिएपछि त्यसलाई लक्षित गरेर बाँस्कोटाको यो टिप्पणी आएको हो।

‘माओवादी केन्द्रमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उहाँहरुको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस्। अग्रिम शुभकामना’, उनले लेखेका छन्।

प्रकाशित: Jun 08, 2021| 09:59 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।