मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सशर्त अनुदान सोझै स्थानीय तहमा पठाइएको भन्दै प्रदेशसभा बैठक अवरुद्ध

सशर्त अनुदान सोझै स्थानीय तहमा पठाइएको भन्दै प्रदेशसभा बैठक अवरुद्ध

प्रदेश २ मा प्रदेशसभा सदस्यहरुसँग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्। 
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

जनकपुरधाम- प्रदेश २ मा प्रदेशसभा सदस्यहरुसँग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्।

प्रदेशसभा बैठक बस्नासाथ विपक्षी दलका प्रदेशसभा सदस्यहरुले सशर्त अनुदान स्थानीय पालिकाहरुमा समन्वय नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका हुन्। नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले विरोध जनाउन थालेपछि सभामुख सरोजकुमार यादवले प्रदेशसभा बैठक १ घण्टाका लागि स्थगित गरेका छन्। 

एमालेका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले प्रदेशसभा सदस्यहरुसँग समन्वय गरी योजना छनोट गरेर अख्तियारी पठाउने निर्णय गरिए पनि सरकारले आफूखुशी योजना बनाएर सशर्त अनुदानको बजेट पठाइएकोमा आपत्ति जनाए।

उनले भने ‘हामीसँग योजना माग त गरियो तर ती सबै योजनालाई रद्धीको टोकरीमा फालेर प्रदेश सरकारले सशर्त अनुदान पठाएको आज मात्रै थाहा पाएँ।’ प्रदेश सरकारले यस विषयमा ठोस जवाफ नदिएससम्म बैठक अवरुद्ध गर्ने उनले चेतावनी दिए। 

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्र कुमार सिंहले योजना छनोट गर्नका लागि सिफारिस समिति बनाएर पनि हाम्रो योजना समावेश नगर्नु प्रदेशसभा सदस्यहरुको अपमान रहेको टिप्पणी गरे। उनले भने ‘सशर्त अनुदानअन्तर्गत न प्रदेशसभा सदस्यहरुले योजना बनाए, न पालिकाहरुले त कसले योजना छनोट गरे।’ 

माओवादी केन्द्रका प्रदेशसभा सदस्य रामकुमार यादवले आफ्नो कार्यकर्ता पाल्ने अभिप्रायले सशर्त अनुदानको बजेटको समेत दुरुपयोग गरिएको आरोप लगाए।

प्रकाशित: Jun 08, 2021| 09:31 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।