काठमाडौं– नेकपा एमालेको असन्तुष्ट समूहका नेता भीम रावलले विश्वासको मत प्राप्त गरेकोमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई बघाई दिँदै पद्धति मिच्नेलाई राजनीतिक नैतिकताको शिक्षा लिन भनेका छन्।
ट्विट गर्दै नेता रावलले भनेका छन्, ‘विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि? सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई।’
एमालेको माधव–झलनाथ समूहका १७ जना सांसदले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएपछि उनको सरकार जोगिएको छ।