मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वस्तु विनिमय बजार आगामी आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउँछौँ : अर्थमन्त्री पौडेल 

वस्तु विनिमय बजार आगामी आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउँछौँ : अर्थमन्त्री पौडेल 

‘बजेटमा वस्तु विनिमय बजार सञ्चालन गर्ने भनेर राखिएको छ,' उनले भने, ‘कार्यान्वयनको तयारी सुरु गरिसकेका छौं, आगामी आर्थिक वर्षभित्रै सञ्चालनमा आउँछ।’ 
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षभित्रै वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनमा ल्याउने बताएका छन्। नेपाल धितोपत्र बोर्डको २९औं वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै सरकारले बजेट वक्तव्यमा कमोडिटी मार्केट सञ्चालन गर्ने विषय राखेको र त्यसको कार्यान्वयनका लागि तयारी सुरु भइसकेको बताएका हुन्। 

‘बजेटमा वस्तु विनिमय बजार सञ्चालन गर्ने भनेर राखिएको छ,' उनले भने, ‘कार्यान्वयनको तयारी सुरु गरिसकेका छौं, आगामी आर्थिक वर्षभित्रै सञ्चालनमा आउँछ।’ 

सेयर बजारमा नयाँ लगानीकर्ता भित्रिएका कारण बजारले नयाँ उचाई लिएको भन्दै अर्थमन्त्री पौडेलले सरकारप्रति लगानीकर्ताले गरेको विश्वासलाई गुम्न नदिने गरी काम गर्ने उल्लेख गरे। बजारलाई नकारात्मक असर गर्ने कुनै कुरा नल्याउन र लगानीकर्ताको सम्पति गुम्न नदिनेतर्फ विषेश ध्यान दिन पनि बोर्डलाई निर्देशन दिए।

कार्यक्रममा बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले नयाँ स्टक एक्सचेन्ज स्थापनाका लागि अध्ययन सकिएको र यसबारे बोर्डमा छलफल गरिने जानकारी दिए। बजारमा नयाँ लगानीकर्ता भित्रिएसँगै कारोबार प्रणालीमा समेत जोखिम बढेको भन्दै उनले बजारलाई प्रतिस्पर्धी बनाउन नयाँ एक्सचेन्ज आवश्यक रहेको बताए।

प्रकाशित: Jun 08, 2021| 08:07 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।