मंगलबार, भदौ ९, २०८३

कैलालीमा ट्याक्टरसहित अवैध काठ नियन्त्रणमा

प्रहरीले अवैध काठसहित ट्याक्टर चालकलाई पक्राउ गरेको छ।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

कैलाली – प्रहरीले अवैध काठसहित ट्याक्टर चालकलाई पक्राउ गरेको छ।

कैलालीको जोशीपुर गाउँपालिका–३ बडहरियाका हरिलाल चौधरीले से १ त १२८ नम्बरको ट्याक्टरमा दुई थान सालको काठ लोड गरी राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

चौधरीको घरमा अवैध काठ राखिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले चौधरीलाई आवश्यक कारबाहीका लागि  बरामद काठ र ट्याक्टरसहित सब डिभिजन वन कार्यालय भजनी पठाएको छ।
 

प्रकाशित: Jun 08, 2021| 07:57 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।