काठमाडौं- उदयपुरमा नबिल बैंकको एटीएम फोड्दाफोड्दै एक जना पक्राउ परेका छन्।
उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित नबिल बैंकको एटीएम तोेडफोड गरिरहेको अवस्थामा प्रहरीले नगरपालिका-३ बस्ने भारत मधुवनी ग्राम पञ्चायत लौकाहका १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो।
अपरिचित व्यक्तिले एटीएम मेसिन तोडफोड गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेकोे हो।।
प्रहरी पुग्दा भाग्न सफल भएका अन्य केहीलाई प्रहरीले खोजी गरिरहेको जनाएको छ।