मंगलबार, भदौ ९, २०८३

अवैध स्यानिटाइजर उत्पादन गर्ने दुई जना पक्राउ

प्रहरीले अवैधरूपमा ह्यान्ड स्यानिटाइजर उत्पादन गर्ने दुई जनालाई  पक्राउ गरेको छ।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

काठमाडौं - प्रहरीले अवैधरूपमा ह्यान्ड स्यानिटाइजर उत्पादन गर्ने दुई जनालाई  पक्राउ गरेको छ। काठमाडौं नागार्जुन नगरपालिका–२, सानो भर्‍याङस्थित टहरामा अवैध स्यानिटाइजर उत्पादन गरिरहेका भारत उत्तर प्रदेश बलिया घर भई थानकोेट बस्ने २४ वर्षीय रोशन जैसवालसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको हो।

जैसवालले टहरोमा अवैध ह्यान्ड स्यानिटाइजर उत्पादन गरिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडांै र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएकोे टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले टहराबाट १०० मिलिलिटरको ९३५, ५०० मिलिलिटरको तीन हजार ८८० र पाँच लिटरका ९६ वटा स्यानिटाइजरका ग्यालेन बरामद गरेको छ।

प्रकाशित: Jun 08, 2021| 07:37 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।