मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सूदूरपश्चिमका मुख्यमन्त्री भट्टले प्राप्त गरे विश्वासको मत

सूदूरपश्चिमका मुख्यमन्त्री भट्टले प्राप्त गरे विश्वासको मत

५२ (सभामुखसहित) जना रहेको प्रदेशसभामा मुख्यमन्त्रीले प्राप्त गरेको ३० मत तत्काल कायम रहेका प्रदेशसभा सदस्यको बहुमत भएकाले विश्वासको मत प्राप्त गरेको सभामुखले घोषणा गरेका हुन्।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन। प्रदेशसभामा मंगलबार भएको मतदानमा मुख्यमन्त्री भट्टका पक्षमा ३० मत परेको थियो। 

५२ (सभामुखसहित) जना रहेको प्रदेशसभामा मुख्यमन्त्रीले प्राप्त गरेको ३० मत तत्काल कायम रहेका प्रदेशसभा सदस्य संख्याको बहुमत भएकाले विश्वासको मत प्राप्त गरेको सभामुखले घोषणा गरेका हुन्।

नेकपा एमालेका ७ र राजपाका २ जनाले भने मुख्यमन्त्रीको विपक्षमा मतदान गरेका थिए। कांग्रेसका १२ जनाले भने कुनै पनि पक्षमा मतदान गरेनन्। 
 

प्रकाशित: Jun 08, 2021| 06:39 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।