मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै, सुरु भयो मतदान

मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै, सुरु भयो मतदान

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लिने विश्वासको मतका लागि मतदान सुरु भएको छ। 
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लिने विश्वासको मतका लागि मतदान सुरु भएको छ। आज बिहान ९ बजे विश्वासको मत लिने भनिएको भए पनि केहीबेर ढिला गरी मतदान सुरु भएको हो। 

सोमबार नै विश्वासको मत लिने तयारी भए पनि नियम अनुसार समय नपुगेकाले  आजका लागि सारिएको थियो। 

नेकपा एमाले स्थायी कमिटीले जेठ १० गते नै सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर, जेठ १२ गते बसेको नेकपा एमाले प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई रहेको समर्थन कायम राख्ने निर्णय गरेको थियो। 

केही दिनअघि मात्रै एमाले र माओवादीका तर्फबाट सरकारमा मन्त्रीसमेत थपिएका छन्। नेकपा एमाले भित्रको केपी ओली समूहले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता भइसकेको बताउँदै आएको छ भने माधवकुमार नेपाल समूहले समर्थन कायमै रहेको भन्दै मन्त्रीसमेत थपेको छ। 

हाल सभामुखसहित ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्न २७ जनाको समर्थन आवश्यक पर्छ।

प्रकाशित: Jun 08, 2021| 06:25 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।