रुस- २१ औं संस्करणको विश्वकप २०१८ को दोस्रो दिनको दोस्रो खेलमा मोरक्को र इरानबीचको खेल शुरु भएको छ । शुक्रबार नेपाली समय अनुसार ८:४५ बजेबाट शुरु सेन्ट पिर्टसबर्ग स्टेडियममा शुरु भएको हो । समूह बी मा रहेका यी दुर्इ टिम लयमा देखिएका छन् ।
पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा गर्न लागेको मोरक्को र इरान जित हात पार्दै सुखद सुरुवात गर्ने दाउमा रहेका छन् ।
४-४ पटक विश्वकप खेलेका मोरक्को र इरान पहिलो पटक आमनेसामने हुँदैछन् । यसअघि सन् १९९८ फ्रान्समा आयोजना गरेको विश्वकपमा दुवै टिम सहभागि भएपनि छुट्टाछुट्टै समुहमा रहेका कारण भेट भने भएको थिएन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४