मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कम्युनिस्टकै बहुमत पुगे ‘नो भोट’, नत्र कांग्रेसले मुख्यमन्त्री भट्टको पक्षमा मतदान गर्ने

कम्युनिस्टकै बहुमत पुगे ‘नो भोट’, नत्र कांग्रेसले मुख्यमन्त्री भट्टको पक्षमा मतदान गर्ने

आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संसद्‍मा विश्वासको मत लिने भएपछि निर्णय गर्न बसेको दलको बैठकले सरकारलाई समर्थन गरेर जसरी पनि टिकाउने निर्णय गरेको छ।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

धनगढी- नेपाली कांग्रेस संसदीय दलको बैठक सकिएको छ। आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संसद्‍मा विश्वासको मत लिने भएपछि निर्णय गर्न बसेको दलको बैठकले सरकारलाई समर्थन गरेर जसरी पनि टिकाउने निर्णय गरेको छ।

बैठकले विश्वासको मत दिने बेला ‘नो भोट’को नीति लिने तर मुख्यमन्त्रीलाई विश्वासको मत कम हुने भएमा पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

कांग्रेस ससदीय दलका प्रमुख सचेतक टेकवहादुर रैकाले सरकार जसरी पनि टिकाउने निर्णयमा कांग्रेस पुगेको बताएका छन्। यसअघि कांग्रेस बैठक चलिकरहेका बेला मुख्यमन्त्री त्रिलोचन भट्ट र एमाले संसदीय दलका नेता प्रकाश शाह पनि पुगेका थिए।

प्रकाशित: Jun 08, 2021| 04:56 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।