मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा : आज पनि तोकिएन संवैधानिक इजलास

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा : आज पनि तोकिएन संवैधानिक इजलास

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि आज पनि संवैधानिक इजलास तोकिएको छैन।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि आज पनि संवैधानिक इजलास तोकिएको छैन। सोमबार प्रधानन्यायाधीश अस्वस्थ रहेको भन्दै इजलास नतोकेर सुनुवाइ स्थगित भएको थियो।

आज पनि उक्त मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास तोकिएको छैन। प्रधानन्यायाधीश अस्वस्थ रहेकाले अर्को इजलास कहिले तोकिने भन्ने अझै यकिन नभएको सर्वोच्च अदालत प्रशासन स्रोतले जानकारी दिएको छ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन दर्ता भएका छन्। जेठ १४ गतेबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु भए पनि अहिलेसम्म मुद्दाको मूल विषयमा बहस अघि बढ्न सकेको छैन।

रिट निवेदक पक्ष र सरकारी पक्षले इजलास गठनका विषयमा पटक-पटक मुद्दा उठाएपछि प्रक्रिया अघि बढ्न नसकेको हो।

प्रकाशित: Jun 08, 2021| 04:57 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।