मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माओवादी केन्द्रमा फर्कन लागेको भनेर गरिएका प्रचार भ्रमपूर्ण: रायमाझी

माओवादी केन्द्रमा फर्कन लागेको भनेर गरिएका प्रचार भ्रमपूर्ण: रायमाझी

नेकपा एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू नेकपा माओवादी केन्द्रमा फर्किन लागेको भनेर आएका समाचार आधारहीन, भ्रमपूर्ण र कपोकल्पित भएको बताएका छन्। 
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

काठमाडौं- नेकपा एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू नेकपा माओवादी केन्द्रमा फर्किन लागेको भनेर आएका समाचार आधारहीन, भ्रमपूर्ण र कपोकल्पित भएको बताएका छन्। 

प्रेस विज्ञप्ति जारी गर्दै उनले माओवादीमा फर्किन लागेको भनेर आफ्नो नाम जोडेर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्। 

‘क. प्रचण्डमा रहेका कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिंगो पार्टीलाई विघटन एवं विसर्जनको दिशामा अगाडि बढाउँदै कांग्रेस सभापतिको शरणमा पुगेको स्थिति छ,’ उनले भनेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा रहेको पनि उनको भनाइ छ। 

‘औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयु बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील महानुभावहरू/जनसमुदायमा हार्दिक अनुरोध/अपिल छ,’ उनले भनेका छन्। 

सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचकाे एकीकरण भंग गरिदिएपछि माओवादी केन्द्रका रायमाझी एमालेतिर लागेका थिए।

प्रकाशित: Jun 08, 2021| 03:16 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।