काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोरामा शव भेटिएको छ। बोरामा पोको बनाएर फालेको अवस्थामा शव फेला परेको खबर आएपछि प्रहरी टोली घट्नास्थल पुगेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंह आफै घट्नास्थल पुगेका छन्। उनले घटना के भएको हो खुली नसकेको बताए। हत्या गरेर नै बोरामा पोको पारेर फालिएको हुन सक्ने प्रहरीको अनुमान छ। अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ।