काठमाडौं- विश्वकप २०१८ को दोस्रो दिनको मोरक्को र इरानबीचको दोस्रो खेलका लागि नेपाल समयले गरेको पोल परिणामका आधारमा नतिजा सार्वजनिक गरेको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत गरिएको पोल परिणामलार्इ आधार बनाउँदा इरानको मत अग्रपंक्तिमा छ ।
इरान जित्छ भन्ने पक्षमा ५७ प्रतिशत मत परेको छ भने मोरक्को जित्छ भन्ने पक्षमा ४३ प्रतिशत मत परेको छ ।
नेपाल समयले जुन १४ देखि सुरु गरेको पोलिङ जुलार्इ १५ सम्म विश्वकप अवधिभर अनुमानित प्रारम्भिक नतिजा सार्वजनिक गर्नेछ।
यी दुर्इ टिम शुक्रबार नेपाली समय अनुसार ८:४५ बजे सेन्ट पिर्टसबर्ग स्टेडियमको मैदान उत्रनेछन् । यो पोलिङ बिहीबार साँझ ५ बजेदेखि खेल शुरु हुनुभन्दा एक घण्टा अघिसम्मको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४