काठमाडौं - आज देशका विभिन्न ठाउँमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशमा पश्चिमी, पूर्वी र स्थानीय वायुको मिश्रित प्रभाव छ। अहिले देशका केही पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ। अन्य स्थानहरू भने सामान्यतया सफा रहेको महशाखाले जनाएको छ।