मंगलबार, भदौ ९, २०८३

नेपाल भर्सेस् जोर्डन [२१ तस्बिर]

नेपालका रोहित चन्दले जोर्डनका खेलाडीलाई फल गरेपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो। पोस्टको बायाँ साइडमा प्रहार गर्दै फैजलले जोर्डनलाई अग्रता दिलाएका हुन्।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत सोमबार भइरहेको खेलको पहिलो हाफमा नेपालविरुद्ध जोर्डनले एक गोलको अग्रता लिएको छ। 

कुवेतको कुवेत सिटीस्थित जाबेद अल–अहमद रंगशालमा भइरहेको खेलमा जोर्डनले २३औं मिनेटमा पेनाल्टीमार्फत् जोर्डनले अग्रता लिएको हो। जोर्डनका बाहा फैजलले गोल गरेका हुन्।

नेपालका रोहित चन्दले जोर्डनका खेलाडीलाई फल गरेपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो। पोस्टको बायाँ साइडमा प्रहार गर्दै फैजलले जोर्डनलाई अग्रता दिलाएका हुन्।

४० डिग्री तापक्रम रहेको मैदानमा पहिलो कुलिङ ब्रेकअघि नै पाहुना टिमले अग्रता बनायो। अत्यधिक गर्मीका कारण केही खाडी मुलुकमा हुने फुटबलमा कुलिङ ब्रेक दिने गरिएको छ।

त्यस्तै खेलको इन्ज्युरी समयमा जोर्डनका मौसाले नै नेपालका पुजन सिवाकोटी र अनन्त तामाङलाई पछि पार्दै प्रहार गरेको बल भने पोस्टबाहिर गरएको थियो। त्यसबाहकका जोर्डनका सबै प्रहार गोलकिपर किरण चेम्जोङको हात पुगेर रोकिएको थियो। लगातार दबाब महसुस गरेको नेपाली टिमले डिफेन्समा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। यता नेपालले फरवार्डमा भने सम्झनलायक मुभ बनाउन सकेन। 

नेपालले फिफा विश्वकप २०२२ छनोटअन्तर्गत जोर्डनसँगको पहिलो लेगको खेलमा ३-० गोलको हार व्यहोरेको थियो। जोर्डनविरुद्ध त्यसघिको एक खेलमा नेपालले ९–० गोलको हार बेहोरेको थियो भने अर्को खेलमा १–१ गोलको बराबरी खेलेको थियो। विश्वकप छनोटको समूह बीमा रहेको नेपालको ६ अंक छ भने जार्डनको १० अंक छ। नेपालले जोर्डनभन्दा एक खेल धेरै खेलेको छ।

तस्बिरमा खेलको रौनक

 

प्रकाशित: Jun 07, 2021| 17:22 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।