मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनाविरुद्ध किटानी जाहेरी

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनाविरुद्ध किटानी जाहेरी

सुर्खेतमा राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनाविरुद्ध किटानी जाहेरी परेको छ।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

सुर्खेत- राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनाविरुद्ध किटानी जाहेरी परेको छ।

पक्राउ परेका गुर्भाकोट ९ का २९ वर्षीय विनोद पुन, दोमनबहादुर घर्ती र भुपेन्द्र बुढाविरुद्ध यौन दुर्व्यवहार तथा जबर्जस्ती करणी मुद्दामा किटानी जाहेरी परेको हो।

महिला तथा बालबालिकाका क्षेत्रमा क्रियाशील एक गैरसरकारी संस्थाले किटानी जाहेरी दिएको छ। घटना बाहिरिएलगत्तै संस्थाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा किटानी जाहेरी दिएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए।

सार्वजनिक भएको भिडियोलाई प्रमाण मान्दै यौन दुर्व्यवहार तथा जबर्जस्ती करणी मुद्दामा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा युवाहरुले आरोप स्वीकार गरिसकेका छन्। प्रहरीका अनुसार उनीहरुलाई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार-

पीडित राउटे युवती झनै असुरक्षित : आफ्नै समुदायभित्रैबाट दण्डको खतरा

असुरक्षा बढेपछि राउटे बस्ती सिल

 

 

प्रकाशित: Jun 07, 2021| 15:16 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।