मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल-खनाल पक्ष भन्छ- ओलीको प्रस्ताव भ्रम सिर्जना गर्न मात्र ल्याइएको हो

नेपाल-खनाल पक्ष भन्छ- ओलीको प्रस्ताव भ्रम सिर्जना गर्न मात्र ल्याइएको हो

'हामीले उठाएका विषयलाई पनि प्रष्ट रुपमा उल्लेख गरेका थियौं। यी कुनैपनि कुराहरुको सम्बोधन नगरी उहाँले जारी गरेको आह्वान साँच्चिकै एकताको पक्षमा नभई केवल भ्रम सिर्जना गर्ने उद्देश्यबाट प्रेरित देखिन्छ,' नेता नेपालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। 
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं-  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको प्रस्ताव वास्तविक रूपमा पार्टी एकताका लागि नभई भ्रम सिर्जना गर्नका लागि मात्र ल्याइएको बताएको छ। वक्तव्यमा आफूहरूका मागका सम्बन्धमा अध्यक्ष ओली गम्भीर नभएको भन्दै प्रस्तावमा अल्मल्याउने भाषा प्रयोग गरिएकाले समेत भ्रम सिर्जनाका लागि मात्रै भएको उक्त पक्षको वक्तव्यमा उल्लेख छ। 

'हामीले उठाएका विषयलाई पनि प्रष्ट रुपमा उल्लेख गरेका थियौं। यी कुनैपनि कुराहरुको सम्बोधन नगरी उहाँले जारी गरेको आह्वान साँच्चिकै एकताको पक्षमा नभई केवल भ्रम सिर्जना गर्ने उद्देश्यबाट प्रेरित देखिन्छ,' नेता नेपालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। 

नेपाल समूहले पार्टीलाई २०७५ जेठ ३ अघिको अवस्थामा फर्काउनुपर्ने र प्रतिनिधि सभा विघटनसहितका असंवैधानिक निर्णय फिर्ता गर्नुपर्नेलगायत माग राख्दै आएको छ। 

नेता नेपालले ओली आफूले मनपरी गरेर अरुलाई उपदेश दिनुको कुनै तुक नभएको भन्दै पार्टीमा रचनात्मक सुधारसहितको योगदानका लागि ओली आफैँबाट सुरुवात हुनुपर्ने समेत बताएका छन्। 

'अहिले उहाँबाट भनिएको "रचनात्मक योगदान" सर्वप्रथम उहाँबाटै आरम्भ हुनु उपयुक्त हुनेछ। अन्यथा आफूले मनपरी गर्ने र अरुलाई उपदेश दिने कुराको कुनै उपादेयता रहँदैन,' नेता नेपालले जारी गरेको वक्तव्यमा उल्लेख छ। 

'समग्रमा पार्टी अध्यक्ष ओलीबाट अगाडि सारिएका कुराहरु पार्टीको एकतालाई अक्षुण्ण राख्न नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र पार्टी विधान तथा सर्वोच्च अदालतको फैसलाको अन्तर्य अनुरुप छैनन्,' वक्तव्यमा उल्लेख छ, 'उहाँ (ओली)को वक्तव्यमा प्रयोग गरिएको भाषा र बुदाहरु केलाउँदा जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिन्छ।'

अध्यक्ष केपी ओलीको वक्तव्यको भ्रममा नपरी सशक्त रुपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्नसमेत नेपालले आग्रह गरेका छन्। 

नेपालको वक्तव्यको पूर्णपाठ

प्रकाशित: Jun 07, 2021| 14:45 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।