मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २५ लाखको चिठ्ठा परेको भन्दै सामाजिक सञ्जालमार्फत् ठगी, एक जना पक्राउ  

२५ लाखको चिठ्ठा परेको भन्दै सामाजिक सञ्जालमार्फत् ठगी, एक जना पक्राउ  

लट्री परेको भन्दै सिंहले लट्री पाउनका लागि केही रकम करबापत तिर्नुपर्ने भन्दै ठगी गरेका थिए। उनीमाथि २ लाख १० हजार रुपैयाँ ठगी गरेको आरोप छ। 
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

पर्सा- सामाजिक सञ्जाल वाट्सएप, इमोमार्फत चिठ्ठा परेको भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-१८ बस्ने निरजकुमार सिंह छन्। 

चिठ्ठा परेको भन्दै सिंहले चिठ्ठा पाउनका लागि केही रकम करबापत तिर्नुपर्ने भन्दै ठगी गरेका थिए। उनीमाथि २ लाख १० हजार रुपैयाँ ठगी गरेको आरोप छ। 

सिंहले पीडितलाई विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाता, आइएमई, ईसेवामा नगद जम्मा गर्न लगाउने गरेका थिए। 

उनी उपर ठगी कसुरमा आवश्यक कारबाही गर्न महानगरीय अपराध महाशाखामा दर्ता भएको जाहेरी दरखास्त र निवेदनलगायतका कागजातहरु जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: Jun 07, 2021| 14:03 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।