वीरगञ्ज- प्रहरीले ४९ किलो अवैध लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ औैराह टोलका ३९ वर्षीय अमिरका पासवान,५६ वर्षीय रमेश चौधरी र सोही स्थानका ३७ वर्षीय राजकुमार ठाकुर छन्।
जिल्ला प्रहरी कार्यालय बाराले उनीहरुलाई बारा गढीमाई नगरपालिका–२ इर्नवा चोकस्थित बरियापुरबाट तेलकुवातर्फ गइरहेको अवस्थामा पक्राउ गरेको हो। पासवान मोटरसाइकल चालक, रमेश अटो चालक र राजकुमार ठाकुर अटोमा सवार हुन्।
उनीहरुले ना २ ह ६१०६ नम्बरको कालो रंगको अटो र नम्बर प्लेट नखुलेकको पल्सर मोटरससाइकलमा लागु औषध ओसारपसार गरिरहेका थिए।
प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई थप अध्ययन अनुससन्धान गरिरहहेको जानकारी दिएको छ।