काठमाडौं- राजश्व अनुसन्धान विभागले राजश्व छलीको आरपमा पक्राउ परेका दुई जनाविरुद्ध करिब ९ करोड मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। विभागले सुनसरीका किसन कुमार अग्रवाल र रामनिवास अग्रवालविरुद्ध मुद्दा दायर गरेको हो।
किसनकुमारविरुद्ध ४ करोड ४२ लाख ७ हजार ६७४ रुपैयाँ बिगो असुलउपर गर्न माग गर्दै विभागले आइतबार मुद्दा दायर गरेको हो। त्यस्तै सुनसरीकै रामनिवास अग्रवालविरुद्ध ४ करोड ५२ लाख ४२ हजार ७५३ रुपैयाँ बिगो मागदावी गरेको छ।
दुवै जनाले झुट्टा तथा नक्कली बिलविजक जारी गरी राजश्व छली गर्दै आएका विभागको आरोपपत्रमा उल्लेख छ। दुवै जनाविरुद्ध राजश्व चुहावट ऐन २०५२ अनुसारको कारबाहीका लागि मुद्दा दायर गरिएको विभागले उल्लेख गरेको छ।