मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर ई–कमर्स र फुड डेलिभरी गर्न दिनू : सर्वोच्च

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर ई–कमर्स र फुड डेलिभरी गर्न दिनू : सर्वोच्च

सर्वोच्च अदालतले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फुड डेलिभरी तथा इ–कमर्स व्यवसाय सञ्चालन गर्न दिन अन्तरिक आदेश जारी गरेको छ।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं– सर्वोच्च अदालतले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फुड डेलिभरी तथा इ–कमर्स व्यवसाय सञ्चालन गर्न दिन अन्तरिक आदेश जारी गरेको छ। निषेधाज्ञा अवधिमा पनि इ–कमर्स व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै दायर रिटमा सर्वोच्चको यस्तो आदेश आएको हो। 

आज सोमबार न्यायाधीश सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले निवेदकको पक्षमा अन्तरिम आदेश जारी गरेको छ। अनलाइन फुड डेलिभरी कम्पनी भोजडिल्सका संस्थापक निकेत अग्रवालसहित अन्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर जेठ ३ गते सर्वोच्चमा रिट दायर गरेका थिए। 

उक्त रिटमाथि सुनुवाइ गर्दै जेठ ४ गते न्यायाधीश दीपकुमार कार्कीको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।

सोही रिटमा रिट दायरकर्ताहरुले जेठ ९ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले इ–कमर्समार्फत सेवा दिइरहेको भन्दै आफूहरुको हकमा पनि सोही व्यवस्था हुनुपर्ने माग गरेका थिए। 

प्रकाशित: Jun 07, 2021| 12:16 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।