मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साढे ४ हजारमा कोरोना पुष्टि, झण्डै ७ हजार संक्रमणमुक्त, ९२ को मृत्यु

साढे ४ हजारमा कोरोना पुष्टि, झण्डै ७ हजार संक्रमणमुक्त, ९२ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा झण्डै साढे ४ हजार कोरोना संक्रमित थपिएका छन् भने झण्डै ७ हजार संक्रमणमुक्त भएका छन्।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा झण्डै साढे ४ हजार कोरोना संक्रमित थपिएका छन् भने झण्डै ७ हजार संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ६ हजार ९५१ जना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमणबाट थप ९२ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा १२ हजार २ पीसीआर र ५ हजार ९०१ जनाको एन्टीजेन परीक्षण भएको छ। अहिलेसम्म नेपालमा ६ लाख ६ हजार १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ४ लाख ९७ हजार ९६० जना निको भएका छन्।

यस्तै हालसम्म ७ हजार ९९० संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

प्रकाशित: Jun 07, 2021| 12:09 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।