सुर्खेत- सुर्खेतमा जारी निषेध आदेश जेठ ३१ गतेसम्मलाई थप भएको छ। कोरोना संक्रमण दर नघटेपछि जेठ मसान्तसम्म अर्थात् ३१ गते राति १२ बजेसम्मका लागि निषेध आदेश थप गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जनाकारी दिए।
‘कोरोना संक्रमण रोकिएको छैन, अवस्था अझै जटिल छ’ रिजालले भने, ‘अहिलेलाई ३१ गतेसम्म निषेध आदेश लम्व्याउने निर्णय भएको छ।’ आज (सोमबार) बसेको कोरोना संकट व्यवस्थाप समितिको बैठकले निषेध आदेश थप गरेको हो।
संक्रमण बढ्दै गएपछि सुर्खेतमा गएको वैशाख १४ गतेदेखि निषेध आदेश लागू गरिएको हो।