मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ बजेट अधिवेशन : कोभिडमा सरकार नदेखिएको विपक्षीको आरोप

प्रदेश १ बजेट अधिवेशन : कोभिडमा सरकार नदेखिएको विपक्षीको आरोप

प्रदेश १ सभाको आठौं तथा बजेट अधिवेशन सोमबार सुरु भएको छ। प्रदेशसभाको पहिलो बैठकमा विपक्षी दलका नेताहरुले कोभिडमा प्रदेश सरकारको उपस्थिति नदेखिएको आरोप लगाएका छन्।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

विराटनगर- प्रदेश १ सभाको आठौं तथा बजेट अधिवेशन सोमबार सुरु भएको छ। प्रदेशसभाको पहिलो बैठकमा विपक्षी दलका नेताहरुले कोभिडमा प्रदेश सरकारको उपस्थिति नदेखिएको आरोप लगाएका छन्।

बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले नेपाली जनतामा संघीयताप्रतिको आशा हराएको बताए। कोरोना महामारीमा प्रदेश सरकारले जनताका लागि केही गर्न नसकेको उनको आरोप छ। प्रतिनिधिसभा विघठनको असर प्रदेश सरकारहरुमा पनि परेको उनले बताए। बजेट निर्माण हचुवाको भरमा नबनाउन उनले सुझाव दिए। 

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पूर्ववजेट माथिका छलफलका लागि समयावधि घटाएपछि यसको मर्म मरेको बताए। यसमा आफू सहभागी हुन नसक्ने उनले बताए। प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको सिको गरेको उनको आरोप छ। पूर्ववजेट र नीति तथा कार्यक्रम छलफलको औचित्य सकिएको उनले बताए। कोरोनामा प्रदेश सरकारको उपस्थिति नदेखिएको आङ्बोको आरोप छ। 

कोभिडमा विभागीय मन्त्रालय रक्सीको कार्यदल बनाएर बसेको उनले बताए। मन्त्रीको दबाबमा कार्यदल गठन भएको उनको भनाइ छ। कोभिड नियन्त्रण प्रदेश सरकारको प्राथमिकतामा पर्न नसकेको आङ्बोले बताए। सरकारको काम झण्डा हल्लाएर हिड्ने मात्र नभएको भन्दै उनले सरकारले सदन छल्न खोजे सशक्त प्रतिकार हुने उनले चेतावनी दिए। 

जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले कोरोना महामारीमा प्रदेश सरकार हराएको बताए। प्रदेश सरकारलाई सदनमा भेटिएको भन्दै व्यङ्ग्य पनि गरे। जनताको रक्षा गर्न प्रदेश सरकार असमर्थ भए हात उठाउन उनले आग्रह गरे। 

यादवले भने, ‘हात उठाउनुहोस् हामी विकल्प दिन तयार छौं।’ प्रदेश सरकार संघीय सरकारजस्तो चल्न खोजेको उनले बताए। प्रदेशसभा जिवित रहँदा पनि  किन अध्यादेश चाहियो भनेर उनले प्रश्न गरे। प्रदेश सरकारले ल्याएको अध्यादेश प्रति उनले गम्भीर आपत्ति जनाए।

कोरोनाको बाहना बनाएर सरकार जिम्मेवारीबाट पन्छिन खोजेको यादवको आरोप छ। उनले प्रदेश सरकार संघीय सरकारको मलामी भएको आरोप लगाए। प्रदेश सरकारले अहिलेसम्म ल्याएका कुनै पनि नीति तथा कार्यक्रमले सार्थकता नपाएको उनले बताए। 

राप्रपाकी सांसद इन्दिरा राईले प्रदेश सरकारले तीन महिनाभित्रमा कोरोना नियन्त्रण गर्ने योजना बनाउनु पर्ने बताइन्।

प्रकाशित: Jun 07, 2021| 11:18 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।