काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोना संक्रमणको तेस्रो लहरको पूर्वतयारी सुरु गरिएको बताएका छन्।
सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले मन्त्रालयले तेस्रो लहरको पूर्वतयारी सुरु गरेको जानकारी दिए।
‘तेस्रो लहरमा बालबालिकालाई प्रभावित बनाउने हो कि भन्ने छ, त्यसैले देशभर बालबालिकालाई चाहिने आवश्यक आईसीयू कक्षसहितको अस्पताल बनाउने तयारी गरिरहेका छौं', उनले भने।
मन्त्री तामाङले मन्त्रालयले गर्ने सबै काम पारदर्शी हुने बताएका छन्। ‘निष्ठापूर्वक, नियमपूर्वक गर्दा पनि त्रुटि भयो भने खबरदारी गर्न उनले आग्रह गरेका छन्।