मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीर अस्पताल अध्यादेशअनुसार नै चल्छ, बहसको आवश्यकता छैन : स्वास्थ्यमन्त्री तामाङ

वीर अस्पताल अध्यादेशअनुसार नै चल्छ, बहसको आवश्यकता छैन : स्वास्थ्यमन्त्री तामाङ

कोरोना महामारीमा चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) र वीर अस्पताल भन्नुभन्दा पनि संक्रमण नियन्त्रणतर्फ एकताबद्ध हुनपर्ने र न्याम्स भनेपनि वीर भनेपनि दुवै सरकारी अंग भएकाले यसमा बहसको आवश्यकता नरहेको जिकीर गरे।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- स्वास्थ्यमन्त्री शेर बहादुर तामाङले कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) सरकारले ल्याएको पछिल्लो अध्यादेशअनुसार नै चल्ने बताएका छन्।

स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री तामाङले कोरोना महामारी रहुन्जेल वीर अस्पताल अध्यायदेशको व्यवस्था अनुसार नै चल्ने उनले बताएका हुन्।

'कोरोना महामारीमा चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) र वीर अस्पताल भन्नुभन्दा पनि संक्रमण नियन्त्रणतर्फ एकताबद्ध हुनपर्ने अवस्था छ। न्याम्स भनेपनि वीर भनेपनि दुवै सरकारी अंग भएकाले यसमा बहसको आवश्यकता छैन,' मन्त्री तामाङको जिकीर छ।

न्याम्सले अध्ययन तथा शिक्षण गतिविधि सञ्चालन गर्ने र कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशले कोरोना उपचार तथा नियन्त्रणका लागि केन्द्रीय अस्पतालको व्यवस्था गरेको उनले बताए।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ६ गते जारी गरेको 'कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८' मा वीर अस्पताललाई ‌कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल बनाउने व्यवस्था छ।

केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीका रुपमा निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको कम्तीमा ११औंँ तहका अधिकृत वा वरिष्ठ चिकित्सकलाई खटाइने अध्यादेशमा उल्लेख छ। यसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालीन प्रवक्ता डा जागेश्वर गौतमलाई पठाएको थियो। 

तर न्याम्स र वीर स्वायत्त संस्था भएको भन्दै त्यहाँका पदाधिकारीले डा गौतमलगायत विरुद्ध मुद्दा दर्ता गरिने बताउँदै आएका छन्। 

प्रकाशित: Jun 07, 2021| 10:51 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।