मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • साल्ट ट्रेडिङमा अब बिहान ७ देखि ९ बजेसम्म मात्रै कारोबार हुने

साल्ट ट्रेडिङमा अब बिहान ७ देखि ९ बजेसम्म मात्रै कारोबार हुने

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भिडभाड बढेको भन्दै बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै कारोबार गर्ने भएको छ।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भिडभाड बढेको भन्दै बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै कारोबार गर्ने भएको छ।

दैनिक उपभोग्य वस्तु २० प्रतिशत छुटमा किन्न आउने उपभोक्ताको भिड बढेको भन्दै साल्ट ट्रेडिङले कारोबार समय घटाएको हो। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सूचना अधिकारी कुमारराज भण्डारीले भिडभाड बढेको र कोरोना फैलिने जोखिमलाई मध्यनजर गर्दै बिहान ७ देखि ९ बजेसम्म मात्रै कारोबार गरिने जानकारी दिए।

‘भिडभाड बढेको भन्दै प्रहरी र जिल्ला प्रशासनले पनि चासो देखाएका छन्’, उनले भने, ‘अब भोलिदेखि बिहान ७ देखि ९ बजेसम्म मात्रै खोल्ने भएका छौं। यस विषयमा अर्थ मन्त्रालयलाई पनि जानकारी गराइसकेका छौं।’

यसअघि साल्ट ट्रेडिङले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म आफ्ना आउटलेटबाट कारोबार गर्दै आएको थियो। साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा ५ स्थानबाट कारोबार गरिरहेको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारी संस्थानमार्फत् निषेधआज्ञा अवधिमा खरिद गरिने दैनिक उपभोग्य वस्तुमा २० प्रतिशत छुट दिने घोषणा गरेको थियो। उक्त घोषणा गत शुक्रबारदेखि कार्यान्वयनमा आएको थियो। तर, कार्यान्वयनमा आएको तीन दिनमै साल्ट ट्रेडिङले कारोबारको समय घटाएको छ।

प्रकाशित: Jun 07, 2021| 10:50 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्