मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शुक्रबार नियुक्त मन्त्रीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा ६ रिट दर्ता

शुक्रबार नियुक्त मन्त्रीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा ६ रिट दर्ता

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिबाट मन्त्रिपरिषद्‍मा गरिएको नयाँ नियुक्ति, हेरफेर तथा कार्यविभाजन गैरसंवैधानिक, कपटपूर्ण एवं संविधानविपरीत भएकोले बदर हुनुपर्ने रिट निवेदनमा माग गरिएको छ। 
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्च अदालतमा ६ थान रिट निवेदन दर्ता भएका छन्। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कञ्चनकृष्ण न्यौपाने, सालिकराम सापकोटालगायतले दायर गरेका रिट निवेदन सोमबार सर्वोच्चमा दर्ता भएका हुन्। 

मंगलबार ६ वटै रिट इजलासमा पेस गरिने सर्वोच्च अदालतको रिट महाशाखा प्रमुख बाबुराम दाहालले जानकारी दिए। 

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिबाट मन्त्रिपरिषद्‍मा गरिएको नयाँ नियुक्ति, हेरफेर तथा कार्यविभाजन गैरसंवैधानिक, कपटपूर्ण एवं संविधानविपरीत भएकोले बदर हुनुपर्ने रिट निवेदनमा माग गरिएको छ। 

जेठ २१ गते प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। जसपाको महन्थ ठाकुरको नेतृत्व सरकारमा सहभागी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। 

मुद्दाको अन्तिम किनारा नलागेसम्म नवनियुक्त उपप्रधानसहितका मन्त्रीहरूलाई मन्त्रीका हैसियतले कुनै पनि कार्य नगर्नू/नगराउनू भनी अन्तरिम आदेशको समेत माग रिटमा गरिएको छ। 

प्रकाशित: Jun 07, 2021| 10:29 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।