मंगलबार, भदौ ९, २०८३

दिउँसो पसल खोलेपछि भाटभटेनीका म्यानेजर पक्राउ

निषेध आदेशको समयमा दिउँसो पसल खोलेको भन्दै प्रहरीले कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटका शाखा म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको छ। 
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काडमाडौं- निषेध आदेशको समयमा दिउँसो पसल खोलेको भन्दै प्रहरीले कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटका शाखा म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको छ। 

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले दिउँसो पसल खोलेको आरोपमा गुरुङलाई पक्राउ गरिएको जानकारी दिए।

सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको निषेध आदेशमा बिहान ९ बजेसम्म मात्रै पसल खोल्न पाइने भए पनि कोटेश्वरस्थित भाटभटेनी दिउँसोसमेत खुल्ने गरेको पाइएको थियो। 

भाटभटेनीले दिउँसोसमेत कारोबार गरेको उजुरी आएपछि सहायक जिल्ला प्रमुख उमाकान्त अधिकारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयको टोली अनुगमनमा गएको थियो। गुरुङलाई प्रहरीले पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।

प्रकाशित: Jun 07, 2021| 10:31 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।