मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'धेरैजसो सपेराहरू सर्पबाटै टोकिएका छन्' भन्दै यसरी आक्रोश पोखे घनश्यामले

'धेरैजसो सपेराहरू सर्पबाटै टोकिएका छन्' भन्दै यसरी आक्रोश पोखे घनश्यामले

आफूहरूले पार्टीलाई एक बनाउने प्रयास गर्दा आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गरिएको भन्दै उनको आपत्ति छ।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता घनश्याम भुसालले आफूहरूविरुद्ध दुष्प्रचार गरिएको भन्दै आक्रोश पोखेका छन्। सोमबार एक स्टाटस लेख्दै भुसालले आफूहरूको आलोचना गर्नेहरू पनि 'चोखाहरू' नभएको संकेत गर्दै लेखेका छन्, 'धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन्।'

आफूहरूले पार्टीलाई एक बनाउने प्रयास गर्दा आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गरिएको भन्दै उनको आपत्ति छ।

'फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार शुरु भएको छ। हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ,' भुसालले स्टाटस लेखेका छन्, 'पञ्चायतकालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो। पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ती योगदान थिएन। त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु। आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन?'

माधव कुमार नेपाल पक्षका नेता घनश्याम भुसालसहितका नेताहरूलाई एमालेको एकता कायमै राख्नुपर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेका थिए। आइतबार ओलीले ६ बुँदे प्रस्ताव जारी गर्दै एकता कायम गर्नका लागि सबै नेताहरूमाथि गरिएको कारबाही फिर्ता लिने र पार्टीलाई २०७५ जेठ ३ गतेअघिकै अवस्थामा फर्काइने बताएका छन्। 

नेपाल पक्षले भने ओलीले दुईदुई पटक प्रतिनिधि सभा विघटन गरेकाले उनलाई माफी दिएर जान नसकिने बताउँदै आएको छ।  

प्रकाशित: Jun 07, 2021| 10:12 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।