मंगलबार, भदौ ९, २०८३

प्रचण्ड र माधव नेपाल देउवालाई भेट्न बूढानीलकण्ठमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेका छन्।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेका छन्।

परिवर्तित राजनीतिक अवस्था र विपक्षी गठबन्धनको आगामी रणनीतिबारे नेपाली कांग्रेससँग छलफल गर्न उनीहरु सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेका हुन्। 

आफ्नो समूहको स्थायी कमिटी बैठक सकेर नेपाल सोझै बूढानीलकण्ठ पुगेका थिए। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले असन्तुष्ट समूहलाई सहमतिमा आउन आग्रह गर्दै हिजो आइतबार ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि आवश्यक रणनीति तय गर्न गठबन्धनका तीन नेता छलफलमा जुटेका हुन्।

प्रकाशित: Jun 07, 2021| 10:19 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।