मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं धुम्बाराहीको राजनीतिक कोभिड प्रदेश हुँदै घरघरमा पुग्यो : मुख्यमन्त्री राई

काठमाडौं धुम्बाराहीको राजनीतिक कोभिड प्रदेश हुँदै घरघरमा पुग्यो : मुख्यमन्त्री राई

'कोभिड-१९ को पहिलो लहरसँगै तत्कालीन नेकपाभित्र काठमाडौंको धुम्बाराही केन्द्रबिन्दु भएर नेपाली राजनीतिमा पनि नयाँ प्रकारको राजनीतिक कोभिड देखापर्‍यो। यो राजनीतिक कोभिड यति तीब्र गतिमा फैलियो कि सिधै प्रदेशमा र स्थानीय तहमा मात्र होइन, घरघरमा पुग्यो,' उनले भने। 
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली राजनीतिमा काठमाडौं केन्द्रबिन्दु भएर फैलिएको राजनीतिक कोभिड घरघरमा पुगेको टिप्पणी गरेका छन्। प्रदेशसभामा सोमबारको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन्। 

'कोभिड-१९ को पहिलो लहरसँगै तत्कालीन नेकपाभित्र काठमाडौंको धुम्बाराही केन्द्रबिन्दु भएर नेपाली राजनीतिमा पनि नयाँ प्रकारको राजनीतिक कोभिड देखापर्‍यो। यो राजनीतिक कोभिड यति तीब्र गतिमा फैलियो कि सिधै प्रदेशमा र स्थानीय तहमा मात्र होइन, घरघरमा पुग्यो,' उनले भने। 

राजनीतिक कोभिडले कसैलाई पनि बाँकी नराखेको उनले बताएका थिए। 'हामी कोही अछुतो रहन सकेनौँ। सबै राजनीतिक दललाई प्रभाव पार्‍यो। तत्कालीन नेकपालाई त त्यो कोभिडले निल्यो नै,' उनले भनेका थिए। 

हालसम्मा पनि राजनितिक कोभिडले गाँजिरहेको उनको भनाइ थियो। 'हामी कोही पनि स्वस्थ छैनौँ। यो कोभिडले कतिबेला कसलाई निल्ने हो हामीलाई थाहा छैन,' उनले भने। 

तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपालतर्फ संकेत गर्दै अति गर्दा खति हुन्छ भन्ने हेक्का पनि नराखी पार्टी र संघीय सरकारलाई अप्ठेरोमा पारेको आरोप लगाएका थिए। यद्यपि उनले कुनै पनि नेताको नाम भने लिएनन्। 'यो कोभिडले हामीलाई अति गर्दा खति हुन्छ भन्ने हेक्का राख्न दिएन। हाम्रो सबै होसहवासै उडायो। यो कोभिडले सबैलाई नांगोभुतुंगो बनायो,' उनको भनाइ छ।  

उनले अब भने राजनीतिक कोभिड लिकमा फर्किएको बताए। 'हामी यौटा लिकमा आइपुगेका छौँ। हामी ट्र्याकमा आइपुगेका छौँ। हामी स्वस्थ हुँदै ऐतिहासिक जिम्मेवारी पूरा गर्न सक्ने मलाई विश्वास छ,' उनले भने। 

प्रदेशसभामा मुख्यमन्त्री राईले सम्बोधन गर्ने क्रम जारी छ। 

प्रकाशित: Jun 07, 2021| 10:05 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।