मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजको दिन नै अन्तिम दिन सम्झेर काम गर्नेछु : स्वास्थ्यमन्त्री तामाङ

आजको दिन नै अन्तिम दिन सम्झेर काम गर्नेछु : स्वास्थ्यमन्त्री तामाङ

नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले हरेक दिन नै अन्तिम दिन सम्झेर काम गर्ने बताएका छन्। 
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं– नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले हरेक दिन नै अन्तिम दिन सम्झेर काम गर्ने बताएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेको चौथो दिन आज आयोजित भर्चुअल प्रेस ब्रिफिङमा मन्त्री तामाङले हरेक काम भोलि गरौंला, पर्सि गरौंला भनेर नबस्ने बताए।

‘आजको दिन नै अन्तिम दिन सम्झेर काम गर्नेछु। सोही निष्ठामा बसेर काम गर्नेछु। भोलि गरौंला, पर्सि गरौंला दिन छँदै छ नि भनेर म काम गर्दिनँ,’ उनले भने।

कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने पहिलो प्राथमिकता रहेको मन्त्री तामाङले बताएका छन्। मन्त्रालयमा महत्वपूर्ण समयमा जिम्मेवारी पाएको भन्दै उनले यो चुनौतीलाई सामना गर्ने अठोट व्यक्त गरे।

स्वास्थ्य मन्त्रालयले नेपाली जनताको स्वास्थ्यको लागि गर्नुपर्ने सबै भूमिका र दायित्व पूरा गर्ने उनले बताए। साथै मन्त्रालयबाट गरिने प्रत्येक कामहरु पारदर्शी रुपमा गर्ने उनले दाबी गरेका छन्। मन्त्रालयले गरेको कामप्रति असतुष्टि भएमा खबरदारी गर्न उनले आग्रह गरेका छन्।

प्रकाशित: Jun 07, 2021| 09:56 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।