मंगलबार, असोज १३, २०८३

नेपाल एयरलाइन्सले घटायो चार्टर उडान भाडा

निगमले सोमबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि लागू हुने गरी चार्टर भाडा घटाइएको जानकारी गराएको छ। निगमको वाइडबडी अन्तर्राष्ट्रिय उडानमा प्रतिघण्टा १३ प्रतिशत र न्यारोबडीमा १५ प्रतिशत भाडा घटाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय उडानतर्फ कार्गो चार्टर उडानको भाडा घटाएको छ। नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य घटाएपछि वायु सेवा निगमले पनि चार्टर भाडा पनि घटाएको हो।

निगमले सोमबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि लागू हुने गरी चार्टर भाडा घटाइएको जानकारी गराएको छ। निगमको वाइडबडी अन्तर्राष्ट्रिय उडानमा प्रतिघण्टा १३ प्रतिशत र न्यारोबडीमा १५ प्रतिशत भाडा घटाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

वाइडबडीको भाडा यसअघि १५  हजार ५२० डलर प्रतिघण्टा रहेकोमा सोमबारदेखि १३ हजार ४६० डलर कायम गरिएको वायु सेवा निगमले जनाएको छ। त्यस्तै न्यारोबडीको प्रतिघण्टा ७ हजार ७१० डलर चार्टर भाडा रहेकोमा सोमबारदेखि ६ हजार ५८० डलर प्रतिघण्टा कायम गरिएको छ।

कार्गोमा लागू गरिएको उक्त भाडा नियमित उडान सुरु भएपछि नियमित उडानमा पनि घटाइने निगम प्रवक्ता करिश्मा श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

No description available.

प्रकाशित: Jun 07, 2021| 09:06 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्