काठमाडौं– नेकपा (एमाले) को माधव नेपाल–झलनाथ खनाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित रुपमा जबाफ दिने भएको छ,।
आज सोमबार भर्चुअल माध्यमबाट बसेको स्थायी कमिटी बैठकले ६ बुँदे प्रस्तावको लिखित रुपमा नै धारणा सार्वजनिक गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य भीम आचार्यले जानकारी दिए।
अध्यक्ष ओलीले हिजो आइतबार राति ६ बुँदे प्रस्ताव सार्वजनिक गर्दै माधव नेपाल पक्षलाई सहमतिमा आउन आह्वान गरेका थिए।