मंगलबार, भदौ ९, २०८३

असुरक्षा बढेपछि राउटे बस्ती सिल

फिरन्ते जाति राउटे समुदायको बस्ती सिल गरिएको छ। असुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालयले राउटे बस्ती सिल गरेको हो।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

सुर्खेत- फिरन्ते जाति राउटे समुदायको बस्ती सिल गरिएको छ। असुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालयले राउटे बस्ती सिल गरेको हो।

‘बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाएका छौँ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले भने, ‘घटना राउटे समुदायमा पुग्न नदिन बस्ती सिल गरिएको हो।’ राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन्।

राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटना राउटे समुदायसम्म पुग्न नदिने उद्देश्यले बस्ती सिल गरिएको हो। बस्तीमा अन्य समुदायका नागरिकले घटना अन्त पुर्‍याउन सक्ने सम्भावना बढेपछि बस्ती सिल गर्नुपरेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएको खण्डमा पीडित युवतीलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना रहेको बताइएको छ। यही कारण आज (सोमबार) बिहानदेखि राउटे बस्ती कसैलाई प्रवेश गर्न नदिने प्रहरी खटिएको हो। 

आइतबार मात्रै राउटे मुखिया सूर्यनारायण शाहीले सुरक्षा माग गरेका थिए। उनले अन्य समुदायका नागरिक आएर आफ्ना जनतालाई दुःख दिन थालेको भन्दै सुरक्षा व्यवस्था गरिदिन माग गरेका थिए। हिजोआज भाइरल हुने उद्देश्यले युट्युब, टिकटक फेसबुकलगायतका सामाजिक सञ्चालमा राउटेसँग तस्बिर र भिडियो लिनेहरुको भीडसमेत लाग्ने गरेको छ ।

यसैबीच, सुर्खेतका युवाले राउटे समुदायका लागि  सहयोगको अपिल गर्दै अभियान चलाएका छन्। कर्णाली सरकारले राउटे बस्ती पूर्ण रुपमा सिल गरेका कारण उनीहरु खाद्यान्न जोहो गर्न बाहिर निस्कन नपाउने भएकाले सहयोग संकलन अभियान चलाइएको सुर्खेतका रमेशविक्रम हमालले बताए।

‘बस्ती सिल भएका कारण उनीहरु शिकार खेल्न पनि जान पाउने अवस्था छैन। आफूले बनाएको काठको सामान बेच्न हिँड्ने काम पनि बन्द भएको छ। पर्याप्त खाद्यान्न पुर्याउन सके उनीहरु पनि आफ्नो समुदायबाट बाहिर निस्कनु पर्ने थिएन,’ हमालले भने। 

यो पनि पढ्नुहाेस्- पीडित राउटे युवती झनै असुरक्षित : आफ्नै समुदायभित्रैबाट दण्डको खतरा

 

 

प्रकाशित: Jun 07, 2021| 08:15 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।