काठमाडौं- जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरीले स्वास्थ्य कार्यालय दैलेखलाई एक थान अक्सिजन कन्सन्ट्रेटर र १० थान मेडिकल अक्सिजन मास्क सहयोग गरेका छन्। आइतबार जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले स्वास्थ्य कार्यालय दैलेखलाई ती सामग्री हस्तान्तरण गरेका हुन्।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत इच्छुक प्रहरी कर्मचारीले आफ्नो तलबबाट केही रुपैयाँ छुट्याएर रकम संकलन गरी अक्सिजन कन्सन्ट्रेटर खरिद गरी स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।
नयाँ भेरियन्टसहितको कोभिड-१९ रोगबाट संक्रमितहरुलाई उपचारमा सहयोग तथा जोखिम नियन्त्रणमा सहजीकरण होस् भन्ने उद्देश्यले ती सामग्री सहयोग गरिएको कार्यालयका प्रमुख श्रेष्ठले बताए।