मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीलाई प्रचण्डको जवाफ- मलाई कारण देखाएर एकता प्रयास विफल भन्नु झुट

ओलीलाई प्रचण्डको जवाफ- मलाई कारण देखाएर एकता प्रयास विफल भन्नु झुट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुट, भ्रामक र षड्यन्त्रपूर्ण रहेको बताएका छन्।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूलाई कारण देखाएर एकता प्रयास सफल नभएको भन्ने भनाइ झुट, भ्रामक र षड्यन्त्रपूर्ण रहेको बताएका छन्।

सोमबार ट्विट गर्दै उनले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुट, भ्रामक र षड्यन्त्रपूर्ण छ। त्यसप्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु।’

एमाले एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझ जारी गरेको एकता प्रस्तावमा पुष्पकमल दहाल प्रचण्डको अनिच्छाका कारण आफ्नो प्रयास सफल हुन नसकेको बताएका थिए।

‘एकताबद्ध बनाएर मात्रै मुलुकको राष्ट्रिय एकतालाई सुदृढ गर्न सकिन्छ भन्ने विश्वासका साथ हामीले २०७५ जेठमा पार्टी एकीकरणको ऐतिहासिक निर्णय गरेका थियौं,’ उनले प्रस्तावमा भनेका छन्, ‘एकीकरणको मुख्य पहलकर्ता र प्रस्तावकका रुपमा मेरो भूमिका कस्तो थियो भन्ने कुरा यहाँ दोहोर्‍याइरहन आवश्यक देख्दिनँ। तर त्यो एकीकरण निष्कर्षमा पुग्न सकेन। यसका कारणहरूबारे यहाँ धेरै भन्न चाहन्नँ।’

उनले एकता कायम राख्ने भए नयाँ नाम प्रस्ताव गर भनेर सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले भनेको र त्यसका लागि समय दिए पनि आफूले पहल गरेको तर, पुष्पकमल दाहाल प्रचण्डको अनिच्छाका कारण प्रयास सफल हुन नसकेको बताएका हुन्।

प्रकाशित: Jun 07, 2021| 07:31 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।