मंगलबार, भदौ ९, २०८३

माधव–झलनाथ पक्षको स्थायी कमिटी बैठक जारी

नेकपा एमालेको असन्तुष्ट समूहको नेतृत्व गरिरहेको माधव–झलनाथ पक्षको स्थायी कमिटीको बैठक सुरू भएको छ। 
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- नेकपा एमालेको असन्तुष्ट समूहको नेतृत्व गरिरहेको माधव–झलनाथ पक्षको स्थायी कमिटीको बैठक सुरू भएको छ। 

भर्चुअल माध्यमबाट केहीबेर अघि बैठक सुरु भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। 

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले एकताका लागि ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि त्यस विषयमा धारणा बनाउन माधव–झलनाथ पक्षको स्थायी कमिटी बैठक बसिरहेको हो।

ओलीले गरेको प्रस्तावमा यो समूहका नेताहरूको मिश्रित प्रतिक्रिया आएको छ। आजको बैठकले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ।

प्रकाशित: Jun 07, 2021| 07:09 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।