मंगलबार, भदौ ९, २०८३

पाकिस्तानमा रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु

पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

सोमबार बिहान कराँचीबाट छुटेको मिल्लत एक्सप्रेस रेल र रावलपिण्डीबाट छुटेको सर सैयद एक्सप्रेस रेल आपसमा ठोक्किँदा रेल दुर्घटना भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्। 

पाकिस्तानी पत्रिका डनका अनुसार दुर्घटना सिन्धु प्रान्तको घोट्कीमा भएको हो। दुर्घटनामा कम्तीमा ५० जना घाइते भएको डनले उल्लेख गरेको छ। 

रेल आपसमा ठोक्किएर लिक बाहिर गएको र के कति कारणले ठोक्किन पुगे कारण खुल्न नसकेको पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रकाशित: Jun 07, 2021| 06:44 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।