काठमाडौं- एमाले नेता माधवकुमार नेपालसँगको भेटवार्ता सकेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास पुगेका छन्।
अहिले केहीबेर अघिबाट सभापति देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता भइरहेको बूढानीलकण्ठ स्रोतले जानकारी दिएको छ। पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न दाहाल देउवा निवास पुगेका हुन्।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओलीले एमाले एकताबद्व गर्न आफू तयार रहेको भन्दै प्रस्ताव अघि सारेपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले भेटवार्तालाई तिव्रता दिएका हुन्।