मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा कहाँ-कहाँ लगाइँदै छ भेराेसेलकाे पहिलाे मात्रा?

काठमाडौंमा कहाँ-कहाँ लगाइँदै छ भेराेसेलकाे पहिलाे मात्रा?

सरकारले भोलिदेखि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउँदैछ।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- सरकारले भोलिदेखि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउँदैछ। 

काठमाडौं महानगरका अनुसार ३२ वटै वडामा जेठ २५ देखि २९ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ। खोप बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सबै वडामा लगाइने महानगरले सूचना जारी गर्दै जनाएको छ। 

यसपटक काठमाडौं महानगरपालिकाले खोप लगाउनका लागि उमेरअनुसार मिति निर्धारण गरेको छ। 

महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूह, २६ गते ६३ वर्ष उमेर समूह, २७ गते ६२ वर्ष उमेर समूह २८ गते ६१ वर्ष उमेर समूह र २९ गते ६० वर्ष उमेर समूहकालाई भेरोसेल खोपको पहिलो मात्रा दिइने छ।

खोप लगाउन जाँदा उमेर खुलेको फोटोसहितको सरकारी कागजातसँगै लैजानुपर्ने छ। त्यस्तै सरकारी कागजात नभएकाको हकमा वडा कार्यालयबाट उमेर खुलेको सिफारिसपत्र लिएर खोप लगाउन जानुपर्नेछ।

प्रकाशित: Jun 07, 2021| 06:32 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।