रुस - २१ औं संस्करणको विश्वकप २०१८ को दोस्रो दिनको पहिलो खेल शुरु भएको छ ।
विश्वकप फुटबल अन्तर्गत समूह 'ए' को दोस्रो खेलमा इजिप्ट र उरुग्वेबीच प्रतिस्पर्धा नेपाली समय अनुसार साँझ ५ : ४५ मा शुरु भएको हो ।
लामो समयपछि विश्वकपमा फर्किएको अफ्रिकन इजिप्ट र गर्विलो इतिहास बोकेको दक्षिण अमेरिकी राष्ट्र उरुग्वेबीचको खेल एकाटेरीनवर्गस्थित सेन्ट्रल रंगशाला भइरहेको छ।
दुई पटकको विश्वकप विजेता इजिप्टको तुलनामा उरुग्वे बलियो छ । उरुग्वेले सन् १९३० र १९५० गरी दुईपटक विश्वकप जितिसकेको छ । तर, गत संस्करणको ब्राजिल विश्वकपमा भने उरुग्वे समूह चरणबाटै बाहिरिएको थियो ।
प्लेईङ ११ (इजिप्ट) : मोहम्मद एल सेन्नावी, अलि गर्ब, अहमद हेगाजी, अहमद फाथी, मोहम्मद अब्देल सफी, तारेक हमेद, मोहम्मद एल नेनी, अब्दल्ला इल सइद, रामादन सोब्ही, मोहमुद हसन, मारवन मोहसेन,
प्लेईङ ११ (उरुग्वे) : फर्नान्दो मुस्लेरा, गुलेर्मो भारेला, जोसे मारिया गिमेन्ज, डिएगो गोडिन, मार्टिन क्यासिरेस, नाहिटन नान्देज, माटियस भेसिनो, क्रिष्टियन रोर्डिगेज, जर्जियन डि एरेसकेता, इडिसन काभानी, लुइस स्वारेज
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४