मंगलबार, भदौ ९, २०८३

दाहाल र नेपालबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। नेपाल निवास कोटेश्वरमा दुई नेताबीच छलफल भएको हो। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकता प्रस्ताव आह्वान गरे लगत्तै दुईजनाबीच भएको भेटवार्तालाई अर्थपूर्णरूपमा हेरिएको छ। 

आजै एमालेको माधव-झलनाथ पक्षका स्थायी कमिटीका नेताहरूबीच छलफल हुँदैछ। त्यसको पूर्व सन्ध्यामा नेता नेपाललाई भेट्न दाहाल उनको निवास पुगेका थिए।

करिब १० मिनेट मात्रै भएको भेटवार्तामा के-के विषयमा छलफल भयो भन्ने सार्वजनिक भएको छैन। तर, आगामी रणनीति कसरी तय गर्ने भन्ने विषयमा नै छलफल भएको बुझिएको छ।

प्रकाशित: Jun 07, 2021| 06:12 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।