मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राप्रपा अध्यक्ष थापाले अन्य दुई अध्यक्षलाई दिए अल्छी घोडाको संज्ञा

राप्रपा अध्यक्ष थापाले अन्य दुई अध्यक्षलाई दिए अल्छी घोडाको संज्ञा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक अध्यक्ष कमल थापाले पार्टी एकतालाई लक्षित गर्दै गतिहीन नै होला भन्ने नसोचिएको टिप्पणी गरेका छन्। दुईजना अन्य अध्यक्षको भूमिकाप्रति उनले निराशा व्यक्त गरेका हुन्। 
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक अध्यक्ष कमल थापाले पार्टी एकतालाई लक्षित गर्दै गतिहीन नै होला भन्ने नसोचिएको टिप्पणी गरेका छन्। दुईजना अन्य अध्यक्षको भूमिकाप्रति उनले निराशा व्यक्त गरेका हुन्। 

‘दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तीव्र गति लिन सक्दैन। यो नैसर्गिक सत्य हो,’ उनले भनेका छन्, ‘यो सत्य नबुझेको होइन। तर तीव्र गति लिन नसके पनि सामान्य गतिमा हिँड्ला भन्ने आशा थियो। गतिहीन नै होला भन्ने सोचिएन।’

अन्य दुई अध्यक्षलाई उनले अल्छी घोडा र आफूलाई तीव्र गतिको घोडाका रूपमा अर्थ्याएका छन्। ‘दुई अल्छी घोडाको बीचमा च्यापिएको तीव्र गतिको घोडाको हालत के होला? च्यापिएर थला पर्न बेर छैन,’ उनको प्रतिक्रिया छ। 

एकतापछि राप्रपामा थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी तीन अध्यक्ष छन्। २०७६ फागुन २८ मा कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच एकता भएको थियो।

एकता समारोहमा तीनै अध्यक्षले अब राप्रपा कहिले पनि विभाजन नहुने र वैकल्पिक शक्तिका रुपमा अघि बढ्ने उद्घोष गरेका थिए। 

एकता महाधिवेशन पनि छिट्टै गर्ने घोषणा गरेका थिए। तर, पछिल्लो समय कमल थापाको अभिव्यक्तिलाई हेर्ने हो भने पुनः राप्रपामा विग्रह हुन सक्ने संकेत देखिएको छ।

प्रकाशित: Jun 07, 2021| 06:05 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।