काठमाडौं- आज बस्ने भनिएको संवैधानिक इजलास नबस्ने भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेपछि संवैधानिक इजलास नबस्ने भएको हो।
प्रधानन्यायाधीश राणाले सोमबार आफू बिरामी भएकाले संवैधानिक इजलास नबस्ने जानकारी सर्वोच्च अदालत प्रशासनलाई दिएका थिए।
उनी बिरामी परेपछि कर्मचारीले इजलासमा रहेका अन्य न्यायाधीशलाई आज इजलास नबस्ने सूचना दिएको सर्वोच्च प्रशासनले जनाएको छ।
हिजो भएको बहसको विषयमा भने कुनै आदेश आउन सक्ने बुझिएको छ।